Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविको बचाउ गर्दै केपी ओलीले भने - कांग्रेसतिर लागेन भनेर बदनाम गर्न खोजियो

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनु नपर्ने बताएका छन्।

प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ? कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’

अध्यक्ष ओलीले कांग्रेसका नेतामाथि प्रश्न उठ्न नसुनिएको बताउँदै एमाले नेतामाथि प्रश्न उठ्दा र बोलीमात्र चिप्लिदा पनि मन्त्रीबाट राजीनामा गर्न लगाएको स्मरण गरे।

उनले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छाती पिटीपिटी रोएको टिप्पणी समेत गर्न भ्याए ।

कांग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिन गएको भन्दै नैतिकताको कुनै अर्थ नरहेको बताए ।

उनले गम्भीर नै मुद्दा हुँदा, अपचलन देखिँदा, हिनामिना भएको ठहर भएमा त्यसलाई फरक ढङ्गबाट हेरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077