Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कञ्चनपुरमा सर्वसम्मत नेतृत्व चयन

कञ्चनपुर । नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएकी छन् ।

पार्टीको नवौँ जिल्ला अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन् । अधिवेशनबाट उपाध्यक्षमा जनकराज अवस्थी चुनिए।

यसै गरी सचिवमा पल्लवराज भट्ट निर्वाचित हुँदा उपसचिवमा अशोक चन्द र राजीव खड्का निर्वाचित भए । पाँच दिनसम्मको सहमतिको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत घोषणा गरेका पदाधिकारीले राति नै पद तथा गोपनीयताको शपथ लिए ।

उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077