Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी बैठक बोलाएका छन्।

मंगलबार बिहान बस्नेगरी प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आज बिहान पक्राउ परेका छन् ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

सोही प्रतिवेदनपछि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा आज बिहान प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077