Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीमा दीपक मनाङेले लिए मन्त्रीको शपथ

पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् ।

सोमबार मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ ।

त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन्।

चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले पार्टी छाडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077