Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन, मनाङे बने भौतिक पूर्वाधारमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन् ।

उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

मनाङेलाई भौतिक पूर्वाधार तथा याताया मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।

केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।

मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077