Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादी पार्टी त्याग गरेको सांसद मनाङेको घोषणा

कास्की । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका छन् ।

उनले आइतबार प्रदेशसभा सचिवालयमा दलीय आवद्धता त्यागबारे निवेदन दर्ता गराएका हुन् ।

उनले नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता, संसदिय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवालयमा निवेदन दिएको बताइएको छ ।

मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित भएका मनाङे पछि माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

बिना कारण र अनयासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन आफु सधैं प्रतिवद्ध रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077