Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल र हमासबीच पुनः वार्ता आजदेखि

एजेन्सी । इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनः आजदेखि वार्ता हुने भएको छ ।

कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता आजदेखि पुनः शुरु हुन लागेको हो ।

मुसलमानहरूको पवित्र महिना रमदानको शुरुवातपछि पहिलो पटक इजरायली अधिकारी र हमासका नेताहरू वार्ता गर्न लागेका हुन् ।

रमदान शुरु हुनुअघि नै ६ हप्ताको लागि युद्धविराम गर्ने तयारी गरेको भए पनि हमासले गाजामा स्थायी युद्धबिराम नहुने कुनै पनि सम्झौता नमान्ने बताएपछि सहमति भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077