Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल आज किन जाँदै छन् महोत्तरी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी जाँदै छन् । राष्ट्रपति पौडेल महोत्तरीमा सालिक तथा शहीदको प्रतिमामा माल्यार्पण, अनावरण सहित धार्मिक स्थलमा विशेष पूजा अर्चना गर्न त्यसतर्फ जान लागेका हुन् ।

पिपरा गाउँपालिका स्थित स्व. रामनारायण मिश्रको सालिकमा माल्यार्पण गरिने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरी सदरमुकाममा जलेश्वर पुगेर १२ महिना जलमा विराजमान रहने जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसैगरि जलेश्वर नगरपालिका –५ चौरियामा नव निर्मित उद्यान को समुद्घाटन तथा प्रजातान्त्रिक योद्धा स्व. गणेश नेपालीको प्रतिमा अनावरण कार्यक्रम र सम्बोधन पश्चात् महोत्तरीको मटिहानी स्थित श्री राम माध्यमिक विद्यालयमा स्थित स्व. केशव कोइरालाको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।

सँगै धार्मिक धरोहर स्थलको रूपमा परिचित मटिहानीको लक्ष्मी नारायण मठमा पूजा अर्चना गर्नुका साथै संस्कृत विद्यालय मटिहानीको अवलोकन भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077