Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, शीर्ष नेताहरूलाई बुझाउने तयारी

    सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, शीर्ष नेताहरूलाई बुझाउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 438
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रममा मस्यौदा तयार पारेको छ ।

    शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको हो ।



    कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए ।



    उनले साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम मानिसहरूमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताए ।

    राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकाङ्क्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको उनको भनाइ छ ।

    संयोजक पौडेलले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरूले गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार