Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज कञ्चनपुर जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् ।

नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली बिहान पौने ९ बजे धनगढीतर्फ प्रस्थान गर्न लागेका हुन् ।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै उनले कञ्चनपुरका तीन ठाउँमा भवन उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले आगामी जेठसम्ममा सबै जिल्लाका जिल्ला अधिवेशन गरिसक्नु पर्ने सर्कुलर जारी गरेको छ।

जस अनुसार विभिन्न जिल्लामा अधिवेशनहरू भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077