Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोजगारी गर्न कुवेत पुगेका ३ नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।

साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।

घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको र शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077