Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब रुवाबासी नगर्न कांग्रेसलाई केपी ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देश कुनै धर्म र जाती विशेषको नभएर सबैको साझा भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देशमा साम्प्रदायिकताको आगो झोसेर र प्रतिगमनको बराठको सिंह घोचेर देश अघि बढ्न नसक्ने बताए।

साथै उनले त्यसक्रममा संसद्को ध्यानाकर्षण हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने,‘देशको परिस्थिति सुखद छैन । राजनीतिमा विभिन्न नाम, पहिचान, जात र धर्मका नाममा विद्वेष फैलाउने काम भइरहेका छन् । यो देश जाती र धर्म विशेषको होइन, त्यस्तो बनाउन सकिँदैन । यो देश सबैको साझा हो । हामी डेमोक्रेसीमा यति कुरा पनि बुझ्दैनौ ?’

उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अघि बढ्नुपर्ने भन्दै समाजमा अराजकता मौलाएको बताए । ओलीले रोजेर ल्याएको प्रणालीमा राजनीतिक परिवर्तन हुँदा आत्तिन नहुने बताए ।

तर उनले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने भन्दै कांग्रेसलाई सत्ता जाँदैमा रुवावासी नगर्न आग्रह गरे । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको भन्दै कांग्रेसलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077