Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसलाई एमाले अध्यक्ष ओलीको प्रश्न - पोहोर सरकारलाई उफ्रिउफ्रि समर्थन गर्ने, अहिले किन नगर्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिन अनुरोध गरेका छन्।

बुधबार प्रनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले गत वर्ष विपक्षमा रहेकै अवस्थामा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको स्मरण गराए ।

अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले संसदमा भने, ‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु पर्नका कारण बारे भनेका कुरा चित्तबुझ्दा छन् । म समर्थनबाट सुरु गर्छु। पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’

सोही अनुरुप अहिले विश्वासको मत दिन किन नमिल्ने भनेर उनले प्रश्न गरे । पोहोर साल आफूले प्रस्ताव गरेर दाहाललाई प्रधानमन्त्री बनाएको तर कांग्रेसले प्रतिपक्षमा रहेर विश्वासको मत दिएको अध्यक्ष ओलीको भनाइ थियो ।

उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे । एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077