Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संसद बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ।

प्रतिनिधिसभाको बैठक अगाडि शंकर हलमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिने विश्वासको मत र आगामी १५ दिनको संसद बैठकको क्यालेण्डर लगायतका विषयमा छलफल भइरहेको छ।

प्रतिनिधि सभाको आजको बैठक ११ बजेलाई बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने र उक्त प्रस्तावमाथि छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077