Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बेइमानीको राजनीति धेरै समय टिक्दैन : शशांक कोइराला

नवलपुर । नेपाली कांग्रेसका नेता डा‍.शशांक कोइरालाले गठबन्धन टुटेर सिंगो कांग्रेस एकढिक्का हुने अवसर प्राप्त भएको बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी बर्दघाट सुस्तापूर्वको पिठौलीमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउने र पार्टीलाई एकढिक्का बााउने अवसर प्राप्त भएको बताए ।

नेता कोइरालाले भने–‘राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन । कांग्रेसले अब पार्टी सङ्गठन बनाउछ । पार्टीभित्रका सवै साथीहरूलाई एकढिक्का बनाउछ ।’

उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाउदै बेइमानीको राजनीति धेरै समय नटिक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077