Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • शौचालय निर्माणमा १२ लाख भ्रष्टाचार, वडाध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर

    शौचालय निर्माणमा १२ लाख भ्रष्टाचार, वडाध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 594
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले गैरकानूनी तवरबाट बजेट निकासा गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।



    प्रमुख प्रशासकीय अधिकृत मिश्रसँगै गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुवोधकुमार चापागाईसमेत १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।



    गाउँपालिकाको वडा नम्बर ३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माणको काममा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

    उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको अभियोगपत्रमा उल्लेख छ।

    भवनको लम्बाइ लामो छोटो भएको, पिलर तथा टाई बीमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्रीमा वडा अध्यक्षले बेचेर आफै खर्च गरेको पाइएको आयोगले जनाएको छ।

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, योजना शाखाका तत्कालीन लेखापाल रामबहादुर कार्की, तत्कालीन इन्जिनियर सुवोधकुमार चापागाई र तत्कालीन सवइन्जिनियर सृजना दुवालले नेपाल सरकारलाई हानि पुर्‍याउने बदनियतले उक्त योजनाको लागत अनुमान तयार गरेको अभियोगपत्रमा उल्लेख छ ।

    लागत अनुमानभन्दा फरक तरिकाले निर्माण कार्य गरे तापनि लागत अनुमान डिजाइनसमेत संशोधन नगरी निर्माण कार्यको आकार वा रुप परिवर्तन गर्ने तथा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरेको निर्माण कार्यको भुक्तानीको लागि नापी किताब, उपभोक्तासम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन, गोश्वारा भौचर, टिप्पणी पेश गर्ने कार्य गरी भुक्तानी दिन नमिल्ने रकम १२ लाख ८९ हजार ३२० रुपैयाँ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार