Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसले दाबी गर्ने

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल बनेसँगै नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने बताएका हुन् ।

संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिने गरिएको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन रही आएको छ।

माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेका बेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले सो समितिको नेतृत्व पाएको थियो ।

एमाले सांसद ऋषिकेश पोखरेल हाल यो समितिका सभापति रहेका छन् । सार्वजनिक निकायका आर्थिक क्रियाकलाप, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू यो समितिको कार्यक्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077