काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई राम्रो काम गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले बिहीबार साँझ बालकोटस्थित निवासमा एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई बोलाएर राम्रो काम गर्न निर्देशन दिएका हुन् ।
ओलीले सो क्रममा आफ्नो अनुभवसमेत सुनाएको बताइएको छ । उनले मन्त्री भएपछि लोभ पलाउने भन्दै विभिन्न कुराहरूबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।
फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा आठ जना मन्त्री सरकारमा सहभागी छन् ।
सचिव महासेठ उपप्रधान तथा भौतिक ,पदम गिरी कानुन, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्रकुमार राई खानेपानी र हरिप्रसाद उप्रेती रक्षा मन्त्री छन् ।