Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधानको मर्म अनुसार नै गठबन्धन परिवर्तन भएको हो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानको मर्म अनुसार नै अहिले गठबन्धन परिवर्तन भएको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले गठबन्धन परिवर्तन भएर सरकार पुनर्गठन भएकोप्रति नेपाली कांग्रेसमा निकै ठुलो पीडा र छटपटी देखिएको बताए ।

उपाध्यक्ष पौडेलले भने,‘कांग्रेसमा यो तहको पीडा, छटपटी, बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन । कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्‍यो नि संविधानमा ।’

दलहरुका बिचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उनले बताए ।

संविधान सम्मत् ढंगले विकल्प खोजिएको जिकिर गर्दै उनले यो संविधान अनुसार कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने तर्कमा आफू सहमत नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077