Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन पक्का

काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ ।

वर्तमान सरकारमा माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र र वर्षमान पुनले अर्थमन्त्रीको रूपमा जिम्मेवारी पाउने भएका हुन् ।

यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा रेखा शर्मालाई पठाउने भएको छ ।

त्यसै गरी ऊर्जामन्त्रीका रूपमा शक्ति बस्नेत र हितबहादुर तामाङ पर्यटन मन्त्री बन्ने भएका छन् ।

एमालेबाट रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने तय भएको छ ।

एमाले महासेठकै नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077