Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।

सत्ता गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेपछि आगामी रणनीतिबारे छलफल गर्नको लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।

भोलि बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको कांग्रेस स्रोतले बतायो ।

बैठकपछि पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

तर, अहिले कांग्रेस प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न विपक्षी गठबन्धन बनाउन दौडधूप बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077