Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जाँदै केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भेट्न आज बालुवाटार जाने भएका छन्।

मन्त्रालय भागबन्डाका विषयमा सत्ता गठबन्धनका दलबीच आन्तरिक छलफल चलिरहेका बेला अध्यक्षओली प्रचण्ड भेट्न आज बालुवाटार जान लागेका हुन् ।

एमाले अध्यक्ष ओली अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने बताइएको छ । सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाँडफाँट गर्न कार्यदलको बैठक बस्नुअघि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका नेता सम्मानित नेता झलनाथ खनालले पनि भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अहिले भने प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077