Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको जीवितै उद्धार

काठमाडौँ । त्रिशूली नदीमा बस खस्दा ५ जनाको मृत्यु भएको छ ।

धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको हो ।

अहिलेसम्म ५ जनाको मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको बताइएको छ ।

घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ ।

उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077