Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले चिया खान बोलाएको भन्दै बालुटारतिर लागे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् ।

केहीबेर अघि पार्टीको सचिवालय बैठक सकेर ओली बालुवाटारतर्फ प्रस्थान गरेका हुन् ।

बालुवाटार जाने क्रममा आफ्नै निवास परिसरमा उपस्थित सञ्चारकर्मीसँग ओलीले संक्षिप्त प्रतिक्रिया दिए।

उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ‘टीआरसी’ मिलाउनु पर्ने बताए ।

उनले प्रधानमन्त्रीले बोलाएका कारण आफू बालुवाटार जान लागेको पनि प्रस्ट पारे ।

उनले सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्न उपयुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077