Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभामा निर्वाचित १९ सांसदको शपथ आज

काठमाडौं । राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् ।

शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ ।

गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । एकजना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077