Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आवश्यकता परे एमाले सरकारमा जान सक्छ, अर्थमन्त्रीमा घमण्ड देखियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताएका छन् ।

आइतबार संसद् भवनमा पार्टीका सांसदहलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

उनले शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको बताए ।

अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको उनको भनाई छ । उनले देशको अर्थतन्त्रका विषयमा अर्थमन्त्रीले सरोकारवाला पक्षसँग परामर्श समेत नगरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077