Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद्‌मा उठेका विषयमा २१ गते जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । ​​​सभामुख देवराज घिमिरले प्रतिपक्षी दलहरूले संसद्‌मा उठाएका विषयमा फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई पुनः रुलिङ गरेका छन्।

शुक्रवार प्रतिनिधिसभा बैठकमा सरकारको जवाफ माग गर्दै प्रतिपक्षी दलले संसद् अवरोधको चेतावनी दिएपछि सभामुख घिमिरेले अर्को रुलिङ गरेका हुन् ।

विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।

१४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भए।

संसद् बैठकको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री खोजी गरिदिन माग गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अब संसद चल्न नसक्ने बताए ।

यसअघि फागुन १२ र १४ गतेको बैठकमा पनि सभामुखले रुलिङ गरेका थिए ।​

ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा छानबिन आयोगले दोषी ठहर्‍याएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्त्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुदन किराँतीले राजीनामा माग्दै एमालेले संसद्‌मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077