Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

इपिएसमार्फत सेवा क्षेत्रका श्रमिक नलैजाने दक्षिण कोरियाको संकेत

काठमाडौँ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ ।

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको (इपिएस) शाखालाई पत्रमार्फत यस्तो सङ्केत गरेको हो ।

सन् २०२४ मा उत्पादनतर्फ आवेदन दिएका एक लाख ६३ हजारभन्दा बढीको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएकाले यो वर्ष थप अन्य क्षेत्रका लागि नेपाली श्रमिकको माग गर्न नसकिने सङ्केत पत्रमार्फत गरेको इपिएस शाखाले जनाएको छ ।

सो शाखाका निर्देशक मैयाँ कँडेलले यस वर्ष विविध कारणले उत्पादनतर्फ सोचेभन्दा धेरै आवेदन परेकाले ती आवेदकको हालको गतिमा परीक्षा सम्पन्न गर्न यो वर्ष पूरै लाग्ने भएकाले यस वर्ष सेवा क्षेत्रतर्फको आवेदन माग गरेर परीक्षा सञ्चालन गर्न नसकिने सङ्केत कोरियाली पक्षले गरेको जानकारी दिए ।

उहाँका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै ‘लिन नसकिने भएका कारण’ ती क्षेत्रमा अरू देशबाटै श्रमिक लैजाने जानकारी कोरियाले उक्त पत्रमार्फत दिएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077