Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारको फुटपाथबाट प्रहरीले हटायो डोरी

काठमाडौं । बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार क्षेत्रको फुटपाथको डोरी प्रहरीले हटाएको छ ।

सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना भएपछि प्रहरीले डोरी हटाएको हो।

फागुन १४ मा निषेधित क्षेत्र तोडेर लघुवित्तका ऋणिहरु संघीय संसद् भवनमा प्रवेश गरेका थिए ।

सो घटनापछि प्रहरीले सर्वसाधारणलाई फुटपाथमा हिँड्न पनि रोक लगाएको थियो ।

संसद् भवन प्रवेश गरेको आरोपमा ४८ जना महिला र एक जना पुरुष थुनामा छन् ।

बानेश्वर, बालुवाटार र सिंहदरबारको फुटपाथमा टाँगको डोरी हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077