Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसलाई एमाले अध्यक्ष ओलीको प्रश्न - ८७ सिटले संविधान संशोधन हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको प्रष्ट नभएको बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा बोल्दै अध्यक्ष ओलीले संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गरेको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘के हिसाबले संविधान संशोधन गर्ने भनेको हो थाहा छैन । संविधान संशोधन गर्नका लागि बोल्नभन्दा अगाडि कमसेकम यो स्थितिलाई सम्भव बनाउने गरी कुन कुन विषयमा केका लागि भन्ने चाहियो नि ! ८७ सिटले संविधान संशोधन हुन्छ ?’

कांग्रेस अग्रगामी सोचका साथ अगाडि नआएको भन्दै उनले गठबन्धन बदलिएपछि कांग्रेस अत्तालिएको बताए ।

संविधान संशोधन चाहिँ आवश्यक छ कि छैन भन्ने प्रश्नमा ओलीले आवश्यक हुनसक्ने बताए ।

तर आफूहरुसँग संख्याले नपुग्ने भएकाले अहिले संविधान संशोधनको चर्चा नगर्ने एमाले अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077