Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचारमा मुछिएपछि माओवादी नेता पुरीले दिए पदबाट राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष रेवतराज पुरीले पदबाट राजीनामा दिएका छन्।

झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि पुरीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

सम्पत्ती शुद्धिकरणको मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै ४ करोड बढी रकम जरिवाना गरेको थियो।

त्यस्तै आइतबार मात्रै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

झापाको दमक नगरपालिका वडा नम्बर १३ र १४ स्थित बालुवाटारको ३८४ रोपनी जग्गा निजीकरण गरेको आरोपमा ९ जना सरकारी कर्मचारीसहित १८७ जना विरूद्ध मुद्दा दायर गरेको थियो।

अख्तियारले गगन पुरीविरूद्ध तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ जरिवाना माग गरेको थियो।

उनले लिएको जग्गा पनि जफत गर्न अख्तियारले मागेको छ। यी दुई मुद्दामा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077