Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाराको ग्यारेजमा भएको विष्फोटमा थप एक जनाको मृत्यु

बारा । बाराको निजगढस्थित गाडी मर्मत गर्ने ग्यारेजमा सोमबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

शंकास्पद वस्तु विष्फोटमा परि गम्भीर घाईते भएका एक भारतीय नागरिकको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा भारत गवाईका ३५ वर्षीय राकेश जयसवाल रहेका बारा प्रहरीले जनाएको छ ।

विष्फोटमा परेका उनको खुट्टाको शल्यक्रिया समेत गरिएको थियो। यसअघि रोहित वर्कशप ग्यारेज संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको थियो।

लेथमा फलाम जस्तो देखिने वस्तु काट्ने क्रममा विष्फोट हुँदा मगरको शरीरमा गम्भीर चोट लागेको थियो। घटनामा अन्य चारजना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा वीरगन्जका रितु रजत र भारत रामघढवाका अरविन साह रहेका छन्।

उनीहरुको बयोधा अस्पतामा उपचार भइरहेको छ। घटनामा वीरगन्ज-९ का फिरोद देवान र निजगढ-५ का सुर्यबहादुर थापा सामान्य घाइते भएका छन्।

निजगढ-७ स्थित रोहित वर्कशपमा भएको उक्त घटनामा विष्फोट भएको वस्तुको पहिचान हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077