Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, कुन दिन के?

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मिति निर्धारण गरेको भोलिपल्टै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगले इलाम २ र बझाङ १ १ मा हुने उप–उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको समय तोकेको हो ।

फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

२४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए ।

साथै मिति २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ। मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077