Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सांसद बाँस्कोटाले भने - विवादित तीन मन्त्रीको राजीनामा नआए बर्खास्त गरियोस्

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादित तीन मन्त्रीहरुले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्याएका हुन् ।

सांसद बाँस्कोटाले बालकुमारी घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अडान कामयै राखे ।

सांसद बाँस्कोटाले भने, 'प्रतिपक्षलाई दोष देखाएर गठबन्धनको झण्डा हल्याएर मुलुकमा सुशासन आउछ ? सभामुखबाट स्पष्ट रुलिङ चाहिन्छ। हाम्रो आन्दोलन जारी छ । अब कुराको सुन्दरता होइन । व्यवहारको प्रष्टता चाहियो । एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ । सरकार नाजवाफ बस्न मिल्दैन ।’

उनले बालकुमारी घटनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नैतिक जिम्मेवारी भएको जिकिर गरे।

विवादित मन्त्री हटाउने विषयमा एमालेले आजसम्मको अल्टिमेटम दिएको थियो। राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्ता गर्नुपर्ने भन्दै जवाफ माग गरे ।

प्रधानमन्त्रीलाई सुप्रिमो भन्ने गरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमाथि कोही छ कि भन्दै प्रश्न गरे। विवादित मन्त्रीहरुको सम्बन्धमा उनले सभामुखलाई स्पष्ट रुलिङ गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077