Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेका छन् ।

शनिबार राती करिब ८ बजे अर्जुनधारा(९ चिया बगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका चालक बराललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।

उनको उपचारका क्रममा आइतबार दिउँसो करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077