Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरब्याज पीडितका माग पुरा गर्न सरकारलाई नेता खनालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितका माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन्।

आइतबार भृकुटीमण्डप पुगेर नेता खनालले मिटरब्याज पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै यस्तो बताएका हुन् ।

नेता खनालले सरकारले हजार काम छाडेर भए पनि मिटरब्याज पीडितका माग सम्बोधन गर्नतर्फ लाग्नुपर्ने बताए ।

नेता खनालले भने,‘मिटरब्याज पीडित किसानहरूले जुन प्रकारको पीडा भोगिरहेका छन् । त्यो पीडाबाट सरकारे किसानहरूलाई मुक्त गर्न सक्दैन भने यस्तो सरकारको काम छैन । सरकारले हजार काम छोडेर किसानहरूका माग सम्बोधन गर्नुपर्छ ।’

उनले पीडितहरूले उच्चस्तरीय आयोग गठनको माग गरिरहेको भन्दै त्यस्तो आयोग गठन गर्दा सरकारलाई के नोक्सान हुन्छ भनेर प्रश्न गरे। उनले अविलम्ब आयोग गठन गर्न माग गर्दै मिटरब्याज पीडितका सबै माग न्यायोचित भएकाले पुरा गर्नुपर्ने पनि बताए ।

उनले त्यसका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाव दिए। नेता खनालले मिटरब्याज पीडितले न्यायपूर्ण संघर्ष थालेको २७ दिन बित्दा पनि सरकारले केही गर्न नसकेको बताए ।

नेता खनालले सरकारका साथै यो देशमा थुप्रै कम्युनिस्ट पार्टीहरू रहेको भन्दै कम्युनिस्ट पार्टीहरू यो देशका श्रमजीवी जनताको पार्टी हो या दलाल पुँजीपति वर्गको पार्टी भन्दै भनेर प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077