Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम २ र बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

इलाम २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ १ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो।

संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो। स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् ।

आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077