Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नाबालिका बलात्कारको आरोपमा दलबहादुर समातिए

गोरखा । गोरखामा सात बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया सिताराम भन्ने दल बहादुर विश्वकर्मा रहेका छन् ।

गत फागुन ९ गते बिहान ११ बजेको समयमा नाबालिकालाई ललाई फकाई गरी सलाङगिरिको झलौटे धारा बनमा लगी करणी गरेको उनीमाथि आरोप छ ।

नाबालिकाको आमा मार्फत जाहेरी दरखास्तको आधारमा करणी आरोपी सिताराम भनिने दल बहादुर विश्वकर्मालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077