Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पोखराबाट अवैध कल वाइपास गर्ने विशाल र इमरानको श्रीलंकामा कनेक्सनको आशंका

    पोखराबाट अवैध कल वाइपास गर्ने विशाल र इमरानको श्रीलंकामा कनेक्सनको आशंका

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 801
    SHARES

    पोखरा । कास्की प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय कलवाइपास गर्ने दुई जनालाई पोखराबाट पक्राउ गरेको छ ।

    कलवाइपासमा प्रयोग गरिने समाग्रीसहित पोखराको फूलबारीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा रुपेन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ घर भइ हाल पोखरा महानगरपालिका–११ फुलबारी बस्ने २७ वर्षीय इमरान अहमद र पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ घर भइ फुलबारी बस्ने ३७ वर्षीय विशाल शाह कलवार रहेका छन् ।



    उनीहरु दुवैले पोखराको पन्थी गल्लीमा फेन्सी पसल सञ्चालन गर्दै आएका थिए।

    उनीहरु बस्ने घरबाट अवैध कलवाइपास गर्ने ६४ पोर्टको भिओआइपी गेटवे उपकरण १ थान, उपकरणमा जडित ६४ थान सिमकार्ड, २ थान मोबाइल, पेनड्राइभ १ थान, चेकबुक लगायत सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    यस्तै, एनसिएलका ५९७ थान सिमकार्ड पनि बरामद भएको छ । सिमकार्ड केही प्रयोग भएका र केही नभएको भेटिएको बताइएको छ ।

    श्रीलंकन नागरिककोसमेत संग्लनता रहेको प्रहरीको आशंका छ । उनीहरुमाथि अब मुद्वा दायर गरेर अनुसन्धान थालिने कास्की प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार