Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् सुचारु गर्न सभामुखले थाले सबै दलका सचेतकसँग छलफल

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध प्रतिनिधिसभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल शुरू गरेका छन् ।

प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका हुन् ।

बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन ।

बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले छलफल गरिरहेका छन् । बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ ।

साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । यस्तै अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किरातीको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि सरकारबाट हटाउन माग गर्दै आएको छ ।

प्रतिपक्षी दलले राखेको माग सरकारले सम्बोधन नगर्दा संसदमा गतिरोध उत्पन्न भएको छ । गणपूरक संख्या नपुगेपछि हिजो सरकारले राजनीतिक दलसम्बन्धी विधेयक संसद्‌मा टेबल गर्न सकेको थिएन।

प्रतिपक्षी दलले विधेयक पेश हुन नदिन सांसद बाहिर पठाएको कांग्रेस सांसद केसीले आरोप लगाएपछि प्रतिपक्षी दल आक्रोशित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077