Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ कांग्रेस महासमिति बैठकको ११ बुँदे गोदावरी घोषणापत्र [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक ११ बुँदे गोदावरी घोषणापत्र जारी गर्दै समापन भएको छ । सोमबारदेखि सुरू भएको महासमितिको बैठक बिहीबार सकिएको हो ।

उक्त बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ । बैठकले नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

कांग्रेसले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगनकुमार थापाको सांगठनिक प्रस्ताव र विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखासम्बन्धी प्रस्ताव पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077