Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महासमिति बैठकमा महामन्त्री थापाका समर्थकले गरे नाराबाजी

काठमाडौं । समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरूले होहल्ला गरेका छन् ।

ललितपुरमा जारी कांग्रेस महासमिति बैठकको अन्तिम दिनको बन्दसत्रमा प्रतिनिधिहरूले होहल्ला गरेका हुन् ।

गण्डकी र बागमतीको समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पेश गर्न सुरु गरेसँगै महामन्त्री गगन थापाका समर्थकले होहल्ला सुरु गरेका हुन्।

बानियाँले निष्कर्ष सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएसँगै होहल्ला सुरु भएको हो।

बैठक हलमा तनावको अवस्था सिर्जना भएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरेका थिए ।

तर, गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरुले नाराबाजी जारी राखे ।

त्यसपछि थापाले नै समर्थकलाई होहल्ला रोक्न आग्रह गरेपछि बैठक सुचारु भएको थियो ।

प्रतिनिधिले होहल्ला गरेपछि प्रहरी र स्वयंसेवक मञ्चमा पुगेर सुरक्षा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077