Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा उठेका विषय सम्बोधन गर्न सरकारलाई सभामुख घिमिरेको रुलिङ

काठमाडौं। सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सभामुख घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्।

नेकपा एमाल, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेपछि उनले ध्यानाकर्षण भएको जनाए।

सभामुख घिमिरेले गत फागुन ६ गतेको बैठकमा पनि आफूले उठेका विषयमा गम्भीरतापूर्वक सम्बोधन गर्न भनेको स्मरण गराए। प्रतिपक्ष दलका सांसदहरुले प्रश्न उठाएर सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराए।

संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले सांसद रघुजी पन्तले झण्डा हल्लाउँदै मन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको पहिलो पटक देखिएको बताए ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन के भयो भनेर प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077