Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी युक्रेनमा मिसाइल आक्रमण हुँदा ६० रुसी सैनिक मारिए

एजेन्सी । पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ ।

रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका हुन् ।

रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर जनरल ओलेग मोइसेवको पखाईमा रहेका सैनिकमाथि मिसाइल खसेको बताइएको छ ।

मिसाइल अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077