Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल पठाइदिने भन्दै १७ लाख ठगी, भण्डारी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी पक्राउ परेका हुन् ।

उनी टोपेन्द्र घर्तीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने, त्यसका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएर १७ लाख ६० हजार रुपैयाँ लिइ फरार भएका थिए ।

आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा खोजतलासका क्रममा भण्डारीलाई काठमाडौंको मित्रपार्कबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077