Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । बारामा ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बाप्र ०१–०२६ च १३३४ नम्बरको जीप जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगल सडक खण्डमा एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा एकजना भारतीय नागरिकसिहत २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका–९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान छन् । एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरका ३० वर्षीय रवि पटेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077