Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • नयाँ दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेका छन् : कांग्रेस

    नयाँ दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेका छन् : कांग्रेस

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 471
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले नयाँ दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाएको छ ।

    पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा नयाँ र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका दलहरूलाई सो आरोप लगाएका हुन् ।



    “निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्रविरोधी हुन् । प्राप्त उपलब्धिमा उनीहरूको कुनै अपनत्व छैन । न त राष्ट्रको बृहत्तर हितको दायित्व बोध छ न त जिम्मेवारी,” प्रतिवेदनमा उल्लेख छ ।



    राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा बोकेकाप्रति लक्षित गर्दै उनले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार