काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् ।
निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका सञ्चाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा गत जेठ २८ मा मुद्दा दर्ता भएको थियो ।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएको प्रहरीले जनाएको छ ।
Leave a Reply