Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितुवाको आक्रमणबाट युवक घाइते

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन् ।

कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका–८ खपटी खोला नजिकै हुलाकी सडकमा शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो ।

आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ । उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077