Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • कांग्रेस महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन पारित

    कांग्रेस महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन पारित

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 594
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।

    बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र नेता प्रकाशशरण महतको आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदनहरु संशोधनसहित पारित भएको हो ।



    बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय पनि गरेको छ ।



    केन्द्रीय समिति बैठकमा नेताहरुले महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन्  ।

    यस्तै महासमिति बैठकमा २५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा छ । बैठकका लागि खाजा र खानाका लागि मात्र करिब ७० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार